मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

हेटौंडाका कोरोना संक्रमितलाई रिद्धि सिद्धिको सहयोग
मेयर खबरदाता, हेटौंडा
२२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु वितरण गरेको छ । आईसोलेसनमा रहँदा पनि निरन्तर घर परिवारसंग सम्पर्क बनाई राख्नकालागि नेपाल टेलिकमको रु २०० बराबरको रिर्चाजकार्ड समेत प्रदान गरेको थियो ।
हेटौंडामा आयोजित एक कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टका क्षेत्रिय बिक्रि प्रबन्धक विक्रम खतिवडाले उद्योगले स्थानीय समुदायको दुख सुखको सारथी बन्न रिद्धि सिद्धि सिमेन्ट सदैव तयार रहुने बताए । त्यसतै हेटौंडा उप–महानगरपलिकाका प्रमुख हरि बहादुर महतले संक्रमितहरुको हौसला बढाउदै सचेत रहि स्वस्थ खान–पिन एंव नियमित ब्यायम गर्ने हो भने कोरोना मात्रै हैन भविस्यमा समेत कुनै रोगको शिकार हुनु नपर्ने उल्लेख गरे ।
विभिन्न समयमा उद्योगले गरेका सामाजिक कार्यको चर्चा गर्दै हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले उद्योगिहरुले देखाएको सहयोगी भावले समाजमा सकारात्मक प्रभाव पर्ने बताए ।
कार्यक्रममा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष राम प्रसादन्यौपाने, वडा नंम्बर ६ का अध्यक्ष अर्जुन चौलागाईं, आईसोलेसान वार्डका ईन्चार्ज भोला चौलागाई, गौरिटार आईसोलेसान वार्डका ईन्चार्ज डा. सागर काफ्ले लगाएतको उपस्थिति रहेको थियो ।
हेटौंडाको रातोमाटेमा अवस्थित रिद्धि सिद्धि सिमेन्टले हाल देशका विभिन्न स्थामा रहेका सिमेन्ट उद्योगकालागी क्लिंकर समेत बिक्रिगर्दै आईरहेको छ ।