‘मेयरज्यू, मेरो विद्यालय बन्द नगरिदिनुस् न है !’

कृष्ण उप्रेती/मेयर खबरदाता, उदयपुर
‘मेयरज्यू, नगरमा हुने जुनै पनि कार्यक्रम हाम्रै विद्यालयमा हुन्छ । कार्यक्रमका कारण विद्यालय बन्द हुन्छ । अझ हाम्रो स्मार्ट कक्षामा त झन् सँधैजसो केही न केही कार्यक्रम भइरहन्छन् । हामीले पढ्न पाएनौं, मेयरज्यू ।’ त्रियुगा नगरपालिकाको त्रियुगा नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विनय थापाले यसरी हाका हाकी प्रश्न सोधिरहँदा मेयर बलदेव चौधरी गम्भिर भएर सुनिरहेका थिए । थापाले थपे, ‘तपाईं मेरै विद्यालय बन्द गरेर मेयर हुनुभयो । बुथ मात्रै होइन, मतगणनाका लागि नै दुई महिना विद्यालय बन्द भयो । मेयरज्यू, मेरो विद्यालय बन्द नगरिदिनुस् न है ।’ विद्यार्थी थापाले प्रश्न गरिरहँदा निकै सोचमग्न रहेका मेयर चौधरीले जवाफमा भने, ‘अब विद्यालय बन्द हुँदैन, ढुक्क हुनुस् ।’

View More ‘मेयरज्यू, मेरो विद्यालय बन्द नगरिदिनुस् न है !’