चौविसै घण्टा खुल्ने नगरपालिका, दिन रात खटिन्छन जनप्रतिनिधि र कर्मचारी (भिडियो सहित)

तपाइलाई लाग्न सक्छ कुनैकाम स्थानीय निकायबाट गर्नुपर्ने छ भने १० बजेदेखि ५ बजे भित्र पुग्नै पर्छ । तर तपाई नुवाकोटको बेलकोटगढी नगरपालिकाको बासिन्दा हुनुहुन्छ भने चौविसै घण्टा काम लिएर नगरपालिका जान सक्नुहुन्छ । तपाईको काम एकैछिनमा सम्पन्न हुन्छ ।

View More चौविसै घण्टा खुल्ने नगरपालिका, दिन रात खटिन्छन जनप्रतिनिधि र कर्मचारी (भिडियो सहित)

सेवा प्रवाहमा सहजता ल्याउन आफ्नै भवनको शिलान्यस

मेयर खबरदाता, नुवाकोट
नुवाकोटको बेलकोटगढी नगरपालिकामा जम्मा १३ बटा वडा छन् । जसमा चार वटा वडा कार्यलयका मात्रै आफ्नै भवन छन्, बाँकी नौ वटा वडाहरु भाडाको भवनमा सञ्चालन भइरहेका छन् । गत २५ गते वडा न. १२ को भवन शिलान्यस गरेको नगरपालिकाले शुक्रबार वडा न. ९ को भवन शिलान्यस गरेको छ ।

View More सेवा प्रवाहमा सहजता ल्याउन आफ्नै भवनको शिलान्यस

वडाको भवन निर्माण गर्दै बेलकोटगढी नगरपालिका

मेयर खबरदाता, नुवाकोट
नुवाकोटको बेलकोटगढी नगरपालिकाले १२ नम्वर वडा कार्यालयको भवन निर्माण गर्ने भएको छ । आफ्नै भवन नहुदा स्थानीयलाई सेवा प्रवाह गर्न कठिनाई भएको भन्दै नगरपालिकाले यस आर्थिक वर्ष भित्र ४ वडा कार्यालयको भवन निर्माण गर्न लागीएको उपमेयर कविता ढुङ्गानाले जानकारी दिए ।

View More वडाको भवन निर्माण गर्दै बेलकोटगढी नगरपालिका