५५ मिटर गहिरो खोंचमा खसे भेरी नगरका मेयर

जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्ती (सि.पि. घर्ती) ३ नम्बर वडामा पर्ने तल्लो थाल्लेस्थित जंगलको ५५ मिटर गहिरो खोंचमा खस्नुभयो । जाजरकोटमा यस्तै खोंचमा परेर समयमै उद्दारको अभावमा मृत्युवरण गर्नुपर्ने अवस्थाले निरन्तरता पाइरहेकै छ । तर मेयर घर्तीनै खोंचमा खसेपछि नेपाली सेना र सशस्त्र प्रहरीको उद्दार टोली तत्काल घट्नास्थल पुगेर डोरीको सहायताले मेयर घर्तीलाई बेहोसी अवस्थामा उद्दार गर्यो ।

View More ५५ मिटर गहिरो खोंचमा खसे भेरी नगरका मेयर