मेयरज्यू, आज के छ ?

मेयर खबरदाता, भक्तपुर
निडर र दृढ छन् । र त विभिन्न विवादका जननी हुन्, मेयर मदन सुन्दर श्रेष्ठ । नेपाली कांग्रेसको पकड क्षेत्रमा एमालेका तर्फबाट चामत्कारिक परिणाम ल्याएर मेयर बने । तर, उनी नगरभित्र अल्पमतमा छन् । २०७४ चैत्र ९ गते उपमेयर अञ्जनादेवी मधिकर्मीले पत्रकार सम्मेलन गरेरै मेयर मनोमानी ढंगले चलेको आरोप लगाएकी थिईन् । उता हनुमन्ते खोला फर्काउन नदिने पक्षमा उभिएका मेयर श्रेष्ठ मेयरमा निर्वाचित भइसकेपछि खोला फर्काउन सहमत भएको भन्ने विषयले पनि चर्चा पाइरहेको छ । उनीमाथी २०७५ बैशाख ८ गते शनिबार अज्ञात समूहले सांघातिक आक्रमण नै गर्यो । छोटो समयमा किन यति धेरै विवादित भन्ने प्रश्नको उत्तर होइन । आज हामीले मेयर श्रेष्ठको दैनिकी सोधेका थियौं– ‘मेयरज्यू, आज के छ ?’

View More मेयरज्यू, आज के छ ?