नेपाल चिनाउने हेटौंडाकी श्रृंखला

मेयर खबरदाता, मकवानपुर
हेटौंडा उपमहानगरपालिकाको शान हुन्, श्रृंखला खतिवडा । सन् २०१८ कि मिस नेपाल खतिवडा चिनको सान्यामा सम्पन्न ६८ औं मिस वल्र्ड प्रतियोगितामा १२ स्थानसम्म पुग्न सफल भएकी थिईन् । विभिन्न विधामध्ये मल्टिमिडिया र ब्यूटी विथ पर्पस गरी दुई विधा हात पारिन् । त्यस्तै, सान्या टुरिजम प्रमोसन भिडियो अवार्डमा सेकेण्ड रनरअप जितिन् ।यसअघि पनि मिस वल्र्डमा नेपालले लगातार सहभागिता जनाइरहे पनि कुनै उपलब्धी हासिल गर्न सकेको थिएन । २३ वर्षीया श्रृंखला राजनीतिक परिवारमा जन्मेकी हुन् । उनका पिता विरोध खतिवडा र आमा मनु सिग्देल दुवै सांसद सदस्य छन् । हेटौंडाकी श्रृंखलाले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चर पढेकी छन् । शालीन स्वभावकी उनी बौद्धिक पनि छिन् ।

View More नेपाल चिनाउने हेटौंडाकी श्रृंखला