धार्मिक पर्यटन क्षेत्रको विकासका लागि दुई नगरपालिकाबीच समझदारी

काठमाडौंको दक्षिणकाली नगरपालिका र खोटाङको हलेसी तुवाचुङ नगरपालिकाबीच धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित भगिनी सम्मन्ध कायम भएको छ । दुवै नगरपालिकाले गत आइतबार दक्षिणकाली नगरपालिकामा एक कार्यक्रम गरी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत र हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले हस्ताक्षर गर्नुभएको थियो ।

View More धार्मिक पर्यटन क्षेत्रको विकासका लागि दुई नगरपालिकाबीच समझदारी

दक्षिणकालीमा मुटुरोग स्वास्थ्य शिविर सञ्चालन हुने

दक्षिणकाली नगरपालिकाले साउन १८ गते शनिबार मुटुरोग स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा शनिवार बिहान १० बजेदेखि वडा नं. ६ मा रहेको झम्केश्वरी प्राङ्गणमा शिविर सञ्चालन हुने जनाएको छ ।

View More दक्षिणकालीमा मुटुरोग स्वास्थ्य शिविर सञ्चालन हुने

‘वातावरण सरसफाई भन्दा पनि मानसिक स्वच्छता सफाईको पहिलो आधार हो’ – मेयर बस्नेत

दक्षिणकाली नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएको दुई वर्ष पुरा भएको अवसर पारेर नगरभित्र दुई महिनादेखि सरसफाई कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । हरेक साताको शुक्रबार नगरपालिकाले सफाई अभियान सञ्चालन गर्दै आएको छ । यसै विषयमा केन्द्रित रहेर हामीले नगरपालिकाका मेयर मोहन बस्नेतसँग कुराकानी गरेका छौं ।

View More ‘वातावरण सरसफाई भन्दा पनि मानसिक स्वच्छता सफाईको पहिलो आधार हो’ – मेयर बस्नेत