नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन्

मन्दिरमा पार्किङका लागि जग्गा खरिद गर्न पलाञ्चोकमा महायज्ञ
मेयर खबरदाता
पलाञ्चोक भगवतीको मन्दिरमा आएका भक्तजनहरूको सवारी साधन पार्किङका लागि जग्गा खरिद गर्न महायज्ञ लगाइने भएको छ । मन्दिरको उत्तरपूर्वमा रहेको नीजि जग्गा खरिद गर्नको लागि आगामी चैत्र १८ गतेबाट महायज्ञ लगाइने भएकोे हो ।
मन्दिर नजिकको सात रोपनी जग्गा खरिद गर्न ३ करोड ५० लाख रुपैयाँ लाग्नेछ । शुक्रवार पलाञ्चोकमा भएको पत्रकार सम्मेलनमा बोल्दै पलाञ्चोक भगवती संरक्षण समितिका संरक्षक एवं पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले भन्नुभयो, ‘जग्गा खरिदका लागि नगरको कोषबाट नपुग्ने भएकोले महयज्ञ लगाउन लागिएको हो ।’ कार्यक्रममा खरेलले महायज्ञबाट कम्तिमा पनि ५ देखि ६ करोड रुपैया उठाउने लक्ष्य राखीएको स्पष्ट पार्नुभयो ।
जग्गा खरिदबाट बचेको रकम पार्किङ व्यवस्थापनमा खर्च गरिने बताउनुहुँदै प्रमुख खरेलले पत्रकार सम्मेलनकै क्रममा महायज्ञमा १ लाख ८ हजार रकम दान गर्ने घोषणा गर्नुभएको छ ।
जग्गा खरिदको लागि पाँचखाल नगरले ३० लाख रकम विनियोजन गरेको छ । जग्गाको न्युनतम मुल्य प्रति आना १४ लाख रहेकोमा जग्गाधनीहरूले भने मन्दिरका लागि प्रतिआना तीन लाखमै जग्गा दिन तयार भएको मेयर खरेलले जानकारी दिनुभयो ।